मकवानपुरको भैँसेमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु,
मङ्सिर -३
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ। त्यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा चढेकी नामथर र वतन नखुलेकी एक महिलाको समेत मृत्यु भएको छ।

