नेपाली समय:

वि.सं २०८३ भाद्र ३   बुधवार

NepaliNP
पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजान अदालतको आदेश,

भदौ-४

 

इस्लामाबाद -पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ।

 

अदालतले स्वास्थ्य परीक्षण तथा उपचारका लागि मेडिकल बोर्ड गठन गर्नसमेत आदेश दिएको छ। इमरानलाई शिफा इन्टरनेसनल अस्पतालमा लैजान अदालतले निर्देशन दिएको हो।

 

मंगलबार सुनुवाइका क्रममा अदालतले इमरानलाई उनकी बहिनीहरूसँग भेट्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ। न्यायाधीश शाहिद वहीदले बहिनीहरूसँग भेट्न दिनु कुनै उपकार नभई इमरानको मौलिक अधिकार भएको बताएका छन्।

 

अदालतले पछिल्लो तीन वर्षमा इमरान र उनकी बहिनीबीच भएका सबै भेटघाटको विवरण मागेको छ। उनका छोराहरूसँग भएको कुराकानी तथा फोन कलको विवरणसमेत उपलब्ध गराउन आदेश दिइएको छ।

 

तीन सदस्यीय इजलासले इमरानको उपचार तथा परिवारसँगको भेटघाटसम्बन्धी निवेदनमाथि सुनुवाइ  पश्चात उक्त आदेश दिएको हो ।

11 hours
हाम्रो आवाज