नेपाली समय:

वि.सं २०८३ भाद्र १२   शुक्रवार

NepaliNP
रसुवा बाढी अपडेट: उद्धार तथा राहतका लागि सरकारले २० अर्ब रुपैयाँ बजेट छुट्यायो,

भदौ- ११
काठमाडौं - रसुवागढीमा आएको बाढीका कारण पुगेको क्षति व्यवस्थापन, उद्धार तथा राहत कार्यका लागि सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रुपैयाँ बजेट छुट्याएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र गृह मन्त्रालयलगायतका संयन्त्रमार्फत आवश्यकताअनुसार रकम परिचालन गर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जानकारी दिएको हाे ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्मूल्यांकनका कामलाई तीव्रता दिन सरकारले यो बजेटको प्रबन्ध गरेको हो। यसका साथै विपद् व्यवस्थापन र पुनरुत्थानका लागि विश्व बैंकबाट थप २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउने प्रक्रिया पनि अघि बढाइएको अर्थमन्त्रालयले जनाएको  छ।

15 hours
हाम्रो आवाज