भदौ-१९
काठमाडौं - आज शुक्रबार पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । हिजो बिहीबार प्रतितोला सात हजार ६०० रूपैयाँ बढेको सुनको भाउ आज तोलामा दुई हजार ५०० रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला तीन लाख चार हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलाको चार हजार ७६५ रूपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतितोला चार हजार ७२५ रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँ बढेको हो ।

