भदौ २२,
एजेन्सी– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
अमेजन प्राइम एयर नेटवर्कका लागि सञ्चालन भइरहेको बोइङ ७६७ कार्गो विमान अवतरणपछि धावनमार्गबाट बाहिरिएर दुर्घटनामा परेको हो। सीएनएनका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्युर्टो रिकोको सान हुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान मियामीमा अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो।

