भदौ- २६
काठमाडौं-प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका (क्यालेन्डर) तय गरेको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्म तय गरिएको सम्भावित कार्यतालिकामाथि विस्तृत छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।

