भदौ- २९
बाँके-हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले आज मनाउने हरितालिका तीज आठ देशभरि शिव र पार्वतीको पूजा अराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरी व्रत बसेको स्मरणमा हरितालिका तीज मनाउने गरिएको हो। पार्वतीलाई उनका सखीहरूले हरण गरी गुप्त स्थानमा लगेर राखेकाले ‘हरितालिका’ नाम रहन गएको धार्मिक मान्यता रहेको छ।
तीजका अवसरमा महिलाहरू शिव–पार्वतीको पूजा तथा उपासना गर्नुका साथै सामूहिक रूपमा नाचगान र तीजका गीतमार्फत आफ्ना भावना तथा मनोभावना व्यक्त गर्छन्।

