असोज -१
पर्सा- वीरगन्ज महानगरपालिका–१५ स्थित वस्तु बिहार चोकनजिक रोकिराखिएको भारतीय नम्बर प्लेटको कारबाट सशस्त्र प्रहरीले पेस्तोल तथा गोली बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार कारको जाँच गर्ने क्रममा ४ थान पेस्तोल र ६ राउन्ड एसएलआरको गोली बरामद भएको हो।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा थप अनुसन्धान अघि बढाइएको जनाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हतियारको स्रोतबारे अनुसन्धान भइरहेको छ।
यसैबीच, सशस्त्र प्रहरीको टोलीले २ थान सिक्सर र २ थान कटुवा पेस्तोल समेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

