नेपाली समय:

वि.सं २०८३ आश्विन १   बिहीवार

NepaliNP
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली प्रस्थान,

असोज -१

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।


भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न द्विपक्षीय भेटवार्ता तथा छलफलमा सहभागी हुनेछन् ।

5 hours
हाम्रो आवाज