नेपाली समय:

वि.सं २०८३ आश्विन ४   आइतबार

NepaliNP
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ,

असोज-४

विराटनगर- राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैंचाबाट पक्राउ परेका छन्।

मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरस्थित एक चिया पसलबाट पक्राउ गरिएको हो।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौंस्थित साइबर ब्युरोको आग्रहमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताएका छन् ।

 

2 hours
हाम्रो आवाज