नेपाली समय:

वि.सं २०८३ आश्विन ९   शुक्रवार

NepaliNP
भारी वर्षाका कारण उत्पन्न समस्या समाधानका लागि ७७ जिल्लाका सिडियोसँग छलफल,

असोज- ८ 

काठमाडाैं - असोज ८ गतेदेखि हुन सक्ने सम्भावित भारी वर्षा र  त्यसका कारण उत्पन्न हुने विपद जन्य परिस्थितिको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी अनुरूप ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।

गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको उक्त छलफलमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने तथा सवारी आवागमन बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

उक्त छलफलमा गृह मन्त्रालय, मौसम विज्ञान विभाग, जल विज्ञान तथा जल अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा, तीन वटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

19 hours
हाम्रो आवाज