नेपाली समय:

वि.सं २०८३ आश्विन ११   आइतबार

NepaliNP
खोलाले बगाएर एक ५८ वर्षीया महिलाको मृत्यु,

असोज- १०
रूकुम - रूकुम पश्चिममा खोलाले बगाएर एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्याउलीबारकी बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो ।
करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उनको उद्धार गरेको थियो ।

उद्धारका क्रममा बेगमाया अचेत अवस्थामा फेला परेको र उनलाई जिल्ला अस्पताल सल्लेमा लगिएसँगै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए ।

6 hours
हाम्रो आवाज