नेपाली समय:

वि.सं २०८३ आश्विन १२   सोमवार

NepaliNP
भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा ५७ जनाको मृत्यु,

असोज -११
एजेन्सी-भारतको उत्तर प्रदेशमा खराब मौसम र लगातारको भारी वर्षाका कारण शनिबार साँझसम्म विभिन्न दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ।  लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ।

अविरल वर्षाका कारण प्रदेशका विभिन्न ठाउँमा कच्ची घर भत्किएका छन् भने रुख तथा विद्युत् पोल ढलेर सडक अवरुद्ध भएका छन्। विद्युत् पोल उखेलिनु र तारमा क्षति पुगेपछि कतिपय क्षेत्रमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ।

वर्षाका कारण भएका विभिन्न दुर्घटनामा उत्तर प्रदेशभर ५७ जनाको मृत्यु भएको जनाइएको छ।

16 hours
हाम्रो आवाज