असोज-११
काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय, टेकु पुर्याएको छ।प्रहरीका अनुसार जबरालाई ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षाका लागि कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले राति केही हुनसक्ने सूचनापछि उनलाई कार्यालयमा राखिएको बताएका छन्।
तर जबरालाई पक्राउ गर्न प्रयोग गरिएको कानुनी आधार, पक्राउ पुर्जी तथा सुरक्षा जोखिमको प्रकृतिबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन। घटनापछि कानुन व्यवसायीहरूले समेत पक्राउको प्रक्रिया र सरकारको उद्देश्यबारे प्रश्न उठाएका छन्।

