असोज -१२
पर्सा-आज सोमबारदेखि बीरगञ्ज महानगरपालिकाले सबै वडाकार्यालयहरूबाट मालपोत कर संकलन गर्ने व्यवस्था गर्ने भएको छ।
वडा कार्यालयबाटै सेवाग्राहीलाई यो सुविधा प्रदान गरिएको हुनाले अबदेखि मालपोत कर तिर्न महानगरपालिकासम्म धाउनुपर्ने बाध्यता नरहेको बताइएको छ।
नगरवासीलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूबाटै मालपोत कर संकलन गर्ने व्यवस्था गरिएको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहोराले जनाएका छन्।

