नेपाली समय:

वि.सं २०८३ आश्विन २८   बुधवार

NepaliNP
विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन,

असोज-२७
विराटनगर - कोशी प्रदेशको विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ । संघीयता कार्यान्वयन र प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन ६ प्रदेशका मुख्यमन्त्री विराटनगर आइसकेका छन् ।

सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सोमबार विराटनगर आइपुगेका हुन् ।

20 hours
हाम्रो आवाज