नेपाली समय:

वि.सं २०८३ आश्विन २९   बिहीवार

NepaliNP
सुनको मूल्य घट्यो,

असोज- २८

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार घटेको छ । आज पुन: सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस अनुसार सोमबार प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँका कायम भएको सुनको मूल्य मंगलबार पुनः तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा किनबेच हुनेछ । हिजो चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

16 hours
हाम्रो आवाज