नेपाली समय:

वि.सं २०८३ कार्तिक १   शनिवार

NepaliNP
साउदी अरबमा दुई बंगलादेशी नागरिकलाई मृत्युदण्ड,

 

असोज -३०

एजेन्सी-साउदी अरबमा मक्कास्थित एक मस्जिदमा ‘अश्लील कार्य’ गरेको आरोपमा दोषी ठहर भएका दुई बंगलादेशी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतबाट सुनाइएको फैसला सर्वोच्च अदालतले समेत सदर गरेपछि उनीहरूलाई गत अक्टोबर १४ मा मृत्युदण्ड दिइएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

मन्त्रालयलाई उद्धृत गर्दै साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) ले नजरुल इस्लाम अब्दुल बशीर र सिती अख्तरलाई उक्त आरोपमा मृत्युदण्ड दिइएको जनाएको हो।

साउदी अधिकारीका अनुसार सुरक्षा निकायले दुवै जनालाई पक्राउ गरी सम्बन्धित अदालतमा पेस गरेको थियो। अदालतले उनीहरूमाथि लगाइएको आरोप प्रमाणित भएको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो।

13 hours
हाम्रो आवाज