कार्तिक -२
काठमाडौँ - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी एवार्ड’ प्रदान गरिएको छ ।
फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उहाँलाई उक्त एवार्ड प्रदान गरिएको नेपाल कानुन समाजले जनाएको छ । श्रेष्ठ संविधान निगरानी समूहको अध्यक्ष समेत हुन् । यसअघि सो एवार्ड चीन र भारतका पूर्वप्रधानन्याधीशले प्राप्त गरिसकेका छन् ।

