नेपाली समय:

वि.सं २०८३ कार्तिक २३   आइतबार

NepaliNP
इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई,

कार्तिक -२२

एजेन्सी -इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै राष्ट्रपति हर्जोगले विपक्षी नेता आइजेनकोटलाई सरकार गठनका लागि छनोट गरेका हुन्।

राष्ट्रपति हर्जोगले शनिबार साँझ आइजेनकोटलाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए। राष्ट्रपतिको प्रवक्ताका अनुसार आइतबार औपचारिक समारोहबीच उनलाई सरकार गठनको जिम्मेवारी हस्तान्तरण गरिनेछ।

अक्टोबर २७ मा सम्पन्न आम निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राष्ट्रपति हर्जोगले विभिन्न राजनीतिक दलसँग परामर्श गरेका थिए। उक्त परामर्शमा ६७ जना सांसदले आइजेनकोटको पक्षमा समर्थन जनाएका थिए भने नेतान्याहुको पक्षमा ४६ सांसद मात्रै उभिएका थिए।

11 hours
हाम्रो आवाज