नेपाली समय:

वि.सं २०८३ कार्तिक २७   बिहीवार

NepaliNP
मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु ५ जना घाइते,

कार्तिक -२६
मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित चिसापानी गढीमा आज बिहिबार बिहान यात्रुवाहक इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

बिहान करिब ६:१५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जनाइएको छ। दुर्घटनामा गाडी सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँचजना घाइते भएको बताइएको छ।

9 hours
हाम्रो आवाज