नेपाली समय:

वि.सं २०८३ मंसिर १२   शुक्रवार

NepaliNP
श्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ,

मंसिर-११

काठमाण्डौं-नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौँतर्फ आउँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।

यसैबीच, वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलेखेलाएको अभियोगमा  १२ जनालाई पक्राउ गरिएको छ । 

रासस

7 hours
हाम्रो आवाज