नेपाली समय:

वि.सं २०८१ जेठ ३   बिहीवार

NepaliNP
बांके प्रहरी द्वारा अबैध रूपमाभन्सार छलेर ल्याइएको सामान सहित दुइ जना पक्राउ ।

 

बैशाख- ४

बांके प्रहरी द्वारा अबैध रूपमाभन्सार छलेर ल्याइएको सामान सहित दुइजना लाई  नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बांके बाट खटीएको प्रहरी टोलीले नेपालगंज वडा न १५ र नेपालगंज वडा न १६ मा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु.२,१०,०००।– (दुई लाख दश हजार) बराबरको सामान ल्याउदै गरेको अवस्थामा बरामद गरेको छ ।

उक्त अवैध सामान ल्याउने मानिस र सवारी साधन समेत आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

 

 

16 Apr 2024 , 9:11am
हाम्रो आवाज