नेपाली समय:

वि.सं २०८१ जेठ ४   शुक्रवार

NepaliNP
बांके प्रहरी द्वारा अबैध ब्रोईलर कुखुराको चल्ला बरामद ।

 

बैशाख-७

नेपालगंज- जिल्ला प्रहरी कार्यालय बांके द्वारा अवैध रूपमा भारत बाट ल्याइएको ४५,०० वटा ब्रोइलर कुखुरा को चल्ला बरामद गरिएको छ ।

हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलिले बाँके डुडुवा गा.पा.६ अहिरापुरुवा स्थित अबैध  रुपमा भारत बाट ब्रोइलर कुखुराको चल्ला ४५,०० वटा अंन्दाजी मुल्य रु. ४,५०,०००।– (चार लाख पचास हजार) बराबरको  भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा

चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई थप कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

19 Apr 2024 , 12:21pm
हाम्रो आवाज