नेपाली समय:

वि.सं २०८१ जेठ ४   शुक्रवार

NepaliNP
रुखबाट खसेर युवकको मृत्यु ।

 

ढोरपाटन-७ वैशाख : बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । 

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बन्नुभएको थियो । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो ।

समाजसेवीसमेत रहनुभएका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् । 

19 Apr 2024 , 2:56pm
हाम्रो आवाज