नेपाली समय:

वि.सं २०८३ जेठ १९   मंगलवार

NepaliNP
नेपालगञ्जमा लागू औषध (ब्राउन सुगर) सहित २ जना पक्राउ,


पुष -१४

बाँके -नेपालगंज उ.म.न.पा. ९ पिलानिपुरवा बाट लागु औषध ब्राउन सुगर सहित २ जना मानिस पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेपालगंज उ.म.न.पा. १३ वस्ने वर्ष ४० को रहिस कवाडिया र जयसपुर १६ वस्ने वर्ष ४० को बदरुदिन जसगढ रहेका छन्। 

कवाडिया को साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ प्लास्टिक हटाई सुद्द तौल गर्दा ९६ ग्राम ४९० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जसगढ सहित दुबै जनालाई  नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

29 Dec 2024 , 2:30pm
हाम्रो आवाज