नेपाली समय:

वि.सं २०८२ बैशाख २७   शनिवार

NepaliNP
इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो,

वैशाख-१४ (एजेन्सी)

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार भएको उक्त घटनामा अन्य आठ सय जना घाइते भएका छन् ।

सरकारी सञ्चार माध्यमले जनाएअजुसार एक दिनपछि आइतबार आगो अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वको तेल उत्पादनको पाँचौं भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।

बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

27 Apr 2025 , 2:08pm
हाम्रो आवाज