
वैशाख-१८
काठमाडौँ- आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष आज मे १ तारिखका दिन यो दिवस मनाउँदै आइएको छ।
विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।