
बैशाख-२४ (एजेन्सी)
नयाँदिल्ली– पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसालेको पाकिस्तानले दाबी गरेको छ। पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय लडाकु विमान खसालिएको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दिएको जानकारी अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ ।
दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ । उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो ।
भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय लडाकु विमान खसेको पुष्टि गरिसकेका छैनन् ।