नेपाली समय:

वि.सं २०८२ बैशाख २७   शनिवार

NepaliNP
पाकिस्तानी सेनाको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्य,

वैशाख -२५

काठमाडौं । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको उक्त घटनामा परी मृत्यु हुनेमा दिनेशकुमार शर्मा रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत दिएको छ ।

‘पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौं,’ भारतीय सेनाले भनेको छ ।

मृतक प्रहरी जवान शर्मा हरियाणा निवासी रहेको बताइएको छ ।यसैबीच, हरियाणाका मुख्यमन्त्री नायबसिंह सैनीले मृतक सैनिक जवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

1 day
हाम्रो आवाज