नेपाली समय:

वि.सं २०८२ बैशाख २७   शनिवार

NepaliNP
भारत र पाकिस्तानबीच तनाव बढ्दै- ड्रोन र मिसाइल हानाहान,

वैशाख -२६

काठमाडौं -भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।

भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् । पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइएको छ ।

20 hours
हाम्रो आवाज