नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

NepaliNP
इसरायलले इरानमाथि गरेको आक्रमणमा परि आइआरजीसीका प्रमुखको मृत्यु,

जेठ-३०

एजेन्सी-आज शुक्रबार सबेरै इसराइलले इरानमाथि गरेको आक्रमणमा परि इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मारिएका छन्।

शुक्रबार बिहान इसराइलले गरेको आक्रमणमा आइआरजिसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएको बताइएको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर आइआरजिसी हुसेन मारिएको बताएका हुन्।   

शुक्रबार बिहान इसराइलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ।

13 Jun 2025 , 9:40am
हाम्रो आवाज