नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

NepaliNP
इरानद्वारा इजरायलको रक्षा प्रणाली ध्वस्त-आईआरजीसी

असार -५ 

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा प्रणाली ध्वस्त पारेको विज्ञप्ति मार्फत जनाएको छ । इजरायली आक्रमणको जवाफस्वरुप इरानले सञ्चालन गरेको अपरेशन ट्रु प्रोमिस तीनको १२ औँ चरणको आक्रमणपछि विज्ञप्ति निकाल्दै आईआरजीसीले जानकारी गराएको हो ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा रक्षा प्रणाली ध्वस्त भएसँगै अधिनस्थ प्यालेस्टाइनी भूमिमा बसोबास गर्ने बासिन्दासँग सेल्टरमा विस्तारै मृत्युवरण गर्ने या ती भूभाग छाडेर जाने दुई विकल्प रहेको जनाइएको छ । रक्षा प्रणाली ध्वस्त भएसँगै अब ‘अधिनस्थ भूभागको हवाइ क्षेत्रले इरानी क्षेप्यास्त्र र चालहरहित हवाइ उपकरण ड्रोनलाई अङ्कमाल गर्ने’ विज्ञप्तिमा जनाइएको छ ।

19 Jun 2025 , 7:55pm
हाम्रो आवाज