
असार-१४
पाकिस्तानको उत्तर वजिरिस्तान जिल्लामा भएको आत्मघाती आक्रमणमा १६ जना सैनिकको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घाइते हुनेहरूमा सर्वसाधारण, प्रहरी र स्थानीय सरकारी कर्मचारी रहेका समाचार संस्था एएफपीले जनाएको छ । उक्त घटनाको जिम्मेवारी पाकिस्तानी तालिबान (तेहरीक–ए–तालिबान पाकिस्तान, टीटीपी)ले लिएको छ।