
असार -२४
काठमाडौँ- रसुवागढ़ीमा मंगलबार आएको बाढीको कारण जलविद्युत आयोजनामा फसेका २३ जनालाई उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् ।सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।