नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

NepaliNP
लिपुलेक प्रयोग गरी सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक,

भदौ-५

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ । 

 

भारत र चीनका विदेशमन्त्रीहरू बीच नयाँ दिल्लीमा भर्खरै भएको उक्त सम्झौता स्वीकार्न नसकिने कांग्रेसको भनाइ छ ।   

 

हाम्रा दुई छिमेकीहरू भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरूले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ बिहीबार संसद्को विशेष समयमा बोल्दै महामन्त्री गगनकुमार थापाले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकी गरेको यो व्यवहार प्रति गम्भीर असहमति प्रकट गर्दछ । यो आपत्तिजनक छ । अस्वीकार्य छ ।

21 Aug 2025 , 2:27pm
हाम्रो आवाज