नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

NepaliNP
भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा,

भदौ - ७ 

काठमाडौं - भियतनामका उपराष्ट्रपति भोथिआन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेकी हुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

 

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका छन ।

 

नेपाल भ्रमणमा रहेकी उनीसँग आजै परराष्ट्रमन्त्री डा. राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

8 hours
हाम्रो आवाज