
भदौ- २७
काठमाडौँ - ललितपुरको नक्खु कारागारबाट भागेकाहरूलाई सम्पर्कमा आउन नक्खु कारागार प्रशासनले आग्रह गरेको छ। प्रशासनले पत्र लेख्दै कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालन गर्न अपिल गरेको हो।
विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ, ‘साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भै जाने व्यहोरा समेत अवगत गराइन्छ।’