
असोज- २३
बाँके - नेपालगञ्ज २ मा रहेको विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा १४ जना जुवाडेहरू जुवाखालबाट नगद रुपैयाँ १३ लाख ६३ हजार ८ ०० रुपैयाँ सहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेपागन्ज ४ बसपार्कका ५२ वर्षीय तरूण गौतम,नेपालगन्ज मुक्तीपुरका ३६ वर्षीय गणेश बस्नेत, नेपालगन्ज २ न्यूरोडका २८ वर्षीय बिज्ञान श्रेष्ठ,नेपालगन्ज १८ कारकाँदोका ४७ वर्षीय संगम शाह,
नेपालगन्ज १६ जयसपुरका ४६ वर्षीय सेराज अन्सारी, नेपालगन्ज ९ त्रिभुवनचोकका २४ वर्षीय ऋषि गुप्ता, नेपागन्ज ४ बसपार्कका ५२ वर्षीय तरूण गौतम, कोरियनपुरका ३७ वर्षीय बिनोद खड्का, बसपार्कका ४८ वर्षीय मोहम्मद सफिक बेहना, नेपालगन्ज ४ बसपार्कका ५० वर्षीय मधुसुधन दाहाल, बसपार्कका ४५ वर्षीय मेघराज गौतम, नेपालगन्ज १ धम्बोजीका ४५ वर्षीय रमेश शाही, कोहलपुर नगरपालिका ११ पिपलचौताराका ३८ वर्षीय भागिरथ यादव, कोहलपुर ९ झण्डहवाका ४२ वर्षीय नन्दलाल यादब र कोहलपुर २ लक्ष्मणपुरका ४० वर्षीय सुमन केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक पातलीेले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
पक्राउ परेका जुवाडेलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पातलीले जनाएका छन्।