
असोज-२४
एजेन्सी- शुक्रबार विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा हुँदैछ । नर्वेजियन नोबेल समितिले शुक्रबार नोबेल शान्ति पुरस्कारका विजेताको घोषणा गर्न लागेको हो ।
विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्द्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाहरूको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ ।