नेपाली समय:

वि.सं २०८२ आश्विन २८   मंगलवार

NepaliNP
क्यासीनोले विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू,

असोज -२४

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

 

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार बैंकबाट इजाजतपत्र प्राप्त नगरी विदेशी मुद्राको कारोबार गर्न नपाइने स्पष्ट पारेको छ । सूचनामा भनिएको छ, ‘क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुपर्नेछ ।’

 

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ अनुसार क्यासिनोलाई इजाजतपत्र प्रदान गर्ने व्यवस्था गरेको छ । 

10 Oct 2025 , 2:48pm
हाम्रो आवाज