कार्तिक-१७
सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित सगरमाथा राजमार्गको गाईघाट–कदमाहा सडक खण्डमा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले स्रोत नखुलेको २३ लाख रुपैयाँ र गाडी सहित सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब ८:५० बजे इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको कमान्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको हाइलक्स गाडीलाई चेकजाँच गर्ने क्रममा २३ लाख रुपैयाँ, विभिन्न इलेक्ट्रोनिक उपकरण बरामद भएको हो। प्रहरीको नियन्त्रणमा रहेका व्यक्ति माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

