कार्तिक- १९
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबारमा ल्याइएको छ। जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानका लागि लामिछानेलाई सिंहदरबार झिकाएको जनाइएको छ।
ललितपुर प्रहरी परिसरका अनुसार जाँचबुझ आयोगले बयानका लागि झिकाएपछि लामिछानेलाई सिंहदरबार लगिएको हो।

