मंसिर- ४
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
अहिले जारी बैठकमा आउँदो मंसिर २७-२९ लाई तोकिएको ११ पार्टीको ११ औं महाधिवेशन, यही मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक च्यासलमा सचिवालय बैठक बसेको हो ।

