मङ्सिर-४
काठमाडौं - नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाले सिमरा बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी प्रशासन र युवाको उपस्थिति रहेको छ ।

