नेपाली समय:

वि.सं २०८२ मंसिर १३   शुक्रवार

NepaliNP
जेन्जी आन्दोलनका क्रममा चितवनमा भएको तोडफोड र लुटपाटमा संलग्न ४३ जना पक्राउ,

मङ्सिर- १०

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट मा संलग्न ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनाल का अनुसार पक्राउ परेकाहरूलाई अपराधीको उपद्रो र चोरी  मुद्दामा कारबाही चलाइने बताएका छन् ।

पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ। 

 

26 Nov 2025 , 2:24pm
हाम्रो आवाज