नेपाली समय:

वि.सं २०८२ मंसिर १८   बुधवार

NepaliNP
इजरायली प्रधानमन्त्री इजराइली प्रधानमन्त्री नेतन्याहू द्वारा माफी प्रस्ताव पेश,

मङ्सिर- १५

 

एजेन्सी —इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भ्रस्टाचार अभियोगबाट आफुलाई माफी दिन राष्ट्रपति समक्ष प्रस्ताव गरेका छन् ।  राष्ट्रपतिको कानुनी विभागमा लिखित पत्र पठाउादै उनले यस्तो आग्रह गरेका हुन् ।

 

ठगी, धोकाधढी र घुस लिएको अभियोगमा उनको सुनुवाई चलिरहेको छ । इजरायलमा प्रधानमन्त्री बहाल रहेकै बेला यस्तो छानविनबाट गुज्रने उनी पहिलो व्यक्ति हुन् । । आफ्ना धनाढ्य राजनीतिक समर्थकहरुलाई मद्दत गर्नेगरी विभिन्न अवैध काम गरेको अभियोग उनीमाथि छ । तर कुनै पनि अभियोग पुष्टि भइसकेको छैन ।

 

नेतान्याहुले आफुमाथिका सबै आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले सञ्चारमाध्यम, प्रहरी र न्यायालयले आफुलाई खेद्न खोजेको आरोप लगाउने गरेका छन् ।
 

केही साताअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुलाई आममाफी दिनका लागि इजरायली सांसद्हरुसँग आग्रह गरेका थिए ।

1 day
हाम्रो आवाज