नेपाली समय:

वि.सं २०८२ मंसिर २२   आइतबार

NepaliNP
एमालेमा ओलीको विकल्प छैन :उपाध्यक्ष बादल,

मङ्सिर -१९

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औँ महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताएका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनलाई एकताको बनाउनुपर्नेमा जोड दिएका छन्  ।

उनले भने, ‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’

अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताएका छन। विधानलाई संशोधन गरेर भएपनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताएका छन।

5 Dec 2025 , 2:57pm
हाम्रो आवाज