पुष -२२
काठमाडौं - वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरेको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।
स्थिती अझै सामान्य बन्न नसकेका कारण कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्याइएको हो ।

