नेपाली समय:

वि.सं २०८२ माघ २७   सोमवार

NepaliNP
मतदाताको गोपनियता भङ्ग गरेमा कारबाही गरिने- निर्वाचन आयोग,

माघ-२५

काठमाडौँ-सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकोमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न/नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ ।

20 hours
हाम्रो आवाज